• आइतबार, साउन २४ २०८३

तपाईंको पार्टनरले धोका त दिइरहेको छैन ?


बिहिबार, चैत्र ५ २०७७
480
Shares

Close up of man and woman's hands holding together in a cafe. Flirting, romanticising, making out concept. Shot with large aperture lens in shallow focus.

तपाईंको पार्टनरको आर्थिक अवस्था सामान्य नै छ तर महंगो सोख राख्छन् आफ्नो रवाफ हरेक ठाँउमा प्रदर्शन गर्न खोज्छन् भनेसर्तक हुनुपर्छ । अरुसँग पैसा सापटी लिएर विलासी जीवनशैली अपनाउनमा उनलाई आनन्द आउँछ भने सावधान हुनुहोस् ।

यस्ता मानिसले भविष्यमा कसैलाई पनि संकटमा पार्न सक्छन् । पैसाको लागि गलत काम गर्न पनि उनीहरुलाई हिच्किचाउँदैनन् । आफ्नो पार्टनर पनि यस्तै छन् भने पहिले ध्यानपूर्वक विचार गरेर मात्रै विवाहको बारेमा निर्णय गर्नुहोस् ।

अक्सर प्रेमी वा पार्टनरले तपाईं शारीरिक सुन्दरताको प्रशंसा गर्छन्, भेट्नको लागि उनीहरु एकान्त स्थल रोज्छन् भने पनि तपाईले विचार गर्नुपर्छ ।

अझै मौका पाउनासाथ हात लगाउँछन्, चुम्बन गर्न वा स्पर्श गर्न खोज्छन् । तपाईंलाई खुला पहिरन उपहार दिन्छन् र त्यो पहिरिन भन्छन् भने सावधान हुनुहोस् ।

त्यस्तै फोनमा, च्याटमा यौनजन्य म्यासेजहरु पठाउँछन् भने सावधान हुनुहोस् । यस्ता मानिसहरुले तपाईंसँग शारीरिक सुख हासिल गरेर तपाईलाई छोडिदिन पनि सक्छन् । त्यसैले सम्हालिएर उसका यस्ता हर्कतहरु माथि नजर राख्नुहोस् ।

लामो समयको सम्बन्ध पछि पनि यदि उनले कुराहरु लुकाउँछन्, केहि कुरा टार्छन्, साथीहरु वा परिवारसँग भेट गराउँदैनन्, मोबाईल फोन छुन पनि दिँदैनन् भने सावधान हुनुहोस् । दालमा पक्कै पनि केहि कालो छ ।

यदि हुनेवाला पति वा प्रेमी विदेशमा काम गर्छन भने उसका स्थानीय साथीहरु, परिवार, नातेदार मार्फत उसको क्रियाकलापमा नजर राख्नुहोस् ।

अचानक उनले कुनै दिन उसले आफ्नो स्वयम्बरको औठी फुकाल्छन्, तपाईंलाई समय दिएर पनि उनी निर्धारित स्थलमा आउन भुल्छन्, सार्वजनिक स्थानमा तपाईंको बेइज्जत गरिदिन्छन वा तपाईंलाई भन्दा धेरै आफ्नो भावनाहरुको धेरै ध्यान दिन्छन् भने यो चिन्ताको कुरा हो ।

त्यस्तै दोहोरो चरित्र वा व्यवहार पनि खतराको घन्टी हो । व्यक्तिको अपमानजनक व्यवहार या त तपाईको मानमर्दन गर्नको लागि हो वा स्वयं स्थिर नहुन नहुनाको नतिजा हुन सक्छ । त्यसैले यस्तो व्यवहार भएका मानिससँग सम्बन्ध नगाँसेको राम्रो ।

दोहोरो चरित्र र छलको कारण कुनै पनि सम्बन्धमा फाटो आउन सकछ । तपाईंको अगाडि राम्रो र पिँठ्यु पछाडि नराम्रो भन्ने मानिस तपाईको कसरी बन्न सक्छन् ।

तपाईंको पार्टनर पनि यदि यस्तो गर्छन् भने पक्कै पनि उनी यो सम्बन्धलाई लिएर गम्भिर छैनन् ।

त्यसैले उनका साथीहरुबाट उनीहरुको बारेमा प्रतिक्रिया लिनुहोस् । यदि उनी तपाईंको अगाडि सकरात्मक र पिठ्युँ पछाडि नकरात्मक छन् भने उसलाई खतराको घण्टी सम्झिनुहोस् ।

बिनाकारण ससाना कुरामा झुटो बोल्छन् भने यो केही त गडबड छ भन्ने कुराको संकेत हो । उनको साथमा हुने मानिसहरु, म्यासेज, फोन कलहरु, उसको सम्पर्क जस्ता कुरामा पनि उनीहरु झुटो बोल्छन् भने निसन्देह केही त गडबड छ ।

तपाईंबाट उनको ध्यान हट्नु, तपाईंलाई बेवास्ता गर्नु, पहिले जस्तो रुची नलिनुले उनको जीवनमा अरुकै उपस्थिती भएको हुनसक्ने सकेत दिन्छ ।साभार /अनलाइनखबर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार