• आइतबार, साउन २४ २०८३

आयोनद्धारा युवाहरुलाई सुशासन सम्वन्धि अभिमुखिकरण


बिहिबार, चैत्र ५ २०७७
755
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari.gif

गोरखा । नेपाल युवा संस्था संजाल (आयोन)को आयोजनामा गोरखामा युवाहरुलाई सुशासन सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम रत्नराज्य माध्यमिक विद्यालय विरिनचोकमा सम्पन्न भएको छ ।

अमेरिकी सरकार तथा आईएफइसको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन भएको उक्त अभिमुखिकरणमा स्थानीय सरकारको काम कर्तव्य र अधिकार, नागरिक शिक्षा, मतदाता शिक्षा तथा लोकतन्त्र र राजनीतिक प्रकृयाको वारेमा विभिन्न खेल विधि तथा फ्लीप चार्ट मार्फत प्रशिक्षण गरेको प्रशिक्षक हरि देवकोटाले जानकारी दिए ।

कार्यक्रममा सोही विद्यालयको ११ र १२ कक्षामा अध्ययनरत छात्र तथा छात्राहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम मार्फत नयाँ पुस्तालाई मतदान सम्वन्धि शिक्षा, स्थानीय सरकारको कामहरु, योजना प्राथमिकीकरण वजेट निर्माणको वारेमा जानकारी गराई आगामी निर्वाचनमा युवाको सकृय सहभागिता गराउने लक्ष्य रहेको आयोजक संस्थाले वताएको छ ।

गोरखामा करिव १५०० भन्दा वढि युवाहरु तथा समुदायको व्यक्तिहरुलाई यस विषयमा अभिमुखिकरण गर्ने लक्ष्य रहेको प्रशिक्षक देवकोटाले वताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार