• आइतबार, साउन २४ २०८३

सलमान खानलाई जोन अब्राहिमको कडा चुनौती


बिहिबार, चैत्र ५ २०७७
1K
Shares

काठमाडौं । बलिउडमा इद पर्व भन्ने वित्तिकै सलमान खानसँग जोडिन्छ । हरेक बर्षको इदमा सलमान खानको चलचित्र रिलिज हुने गरेका छन् । यसैले, यो मितिमा अन्य निर्माता चलचित्र रिलिज गर्न डराउँछन् ।

तर, यसपटक भने नायक सलमान खानलाई अर्का नायक जोन अब्राहिमले कडा चुनौती दिएका छन् । जोनले अभिनय गरेको ‘सत्यमेव जयते २’ पनि इदमा रिलिज हुने भएको छ ।

यो चलचित्रको रिलिज डेट एक दिन अगाडि पोष्टपोन्ड गरिएको छ । यो चलचित्र अब मेको १३ तारिखबाट रिलिज हुने भएको छ ।

चलचित्रको सार्वजनिक नयाँ पोष्टरमा जोनलाई दोहोरो भूमिकामा देखाइएको छ । यसले दर्शकमा झनै उत्सुकता थपेको छ । यो चलचित्रलाई मिलाप मिलन जाभेरीले निर्देशन गरेका हुन् ।

यो चलचित्रको पहिलो सिरिजले पनि दर्शकको उल्लेख्य माया पाएको थियो । यसैले, यसको दोश्रो सिरिजलाई लिएर जोन आत्मविश्वासी देखिएका छन् ।

नायक सलमान खानको ‘राधे’लाई भने प्रभु देवाले निर्देशन गरेका हुन् । बक्स अफिसमा जोन र सलमानको भिडन्त रोचक हुने विश्वास गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार