• आइतबार, साउन २४ २०८३

च्याम्पियन्स लिग : चेल्सी ७ वर्षपछि क्वाटरफाइनलमा


बिहिबार, चैत्र ५ २०७७
720
Shares

काठमाडौं । इंग्लिस क्लब चेल्सी सात वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पानिस क्लब एट्लेटिको मड्रिडलाई २—० ले पराजित गर्दै चेल्सीले क्वाटरफाईनलमा स्थान पक्का गरेको हो ।

पहिलो लेगमा १—० को जित हात पारेको लण्डन क्लब चेल्सी समग्रमा ३—० ले विजयी भयो ।

घरेलु मैदानमा भएको दोस्रो लिगमा चेल्सीलाई जित दिलाउन हाकिम जिएच र इमर्सनले एक एक गोल गरे ।

खेलको ३४ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । इन्जुरी टाइममा इमर्सनले गोल गर्दै चेल्सीलाई २० को जित दिलाए ।

८२ औं मिनेटमा स्टेफान साभिकले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।

चेल्सी सन् २०१३/१४ को सिजनपछि पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार