• आइतबार, साउन २४ २०८३

एकिकरण नेपालद्धारा गोरखाका १ सय २३ परिवारलाई खाद्यान्न वितरण


बिहिबार, चैत्र ५ २०७७
565
Shares

गोरखा । एकिकरण नेपाल गोरखाले गोरखा नगरपालिकामा वसोवास गर्ने विपन्न अवस्थामा रहेको १ सय २३ घर परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

ह्याण्डिक्याप इन्टरनेश्नल नेपाल तथा जर्सी ओभरसिज एडको आर्थिक सहयोगमा गोरखा नगरपालिका क्षेत्रमा वसोवास गर्ने कम जग्गाजमिन भएको, जेष्ठ नागरिक, अपाङ्गता भएको व्यक्ति, दिर्घ रोगीहरु, कोरोना पाजेटिभ तथा सुनौलो हजार दिनको महिलाहरुमध्ये पनि अन्यन्तै कमजोर आर्थिक अवस्थामा भएको परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

गोरखा नगरपालिकासंगको सहकार्यमा वडावाट प्राप्त नामावलीहरुलाई स्थलगत निरिक्षण गरि निर्दिष्ट गरिएको ढाँचा वमोजिम संस्था मुल्याङ्कन गरि नगरपालिकाको सिफारिसमा सहयोग गरेको एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटाले वताए ।

उनका अनुसार छनौट भएको लाभग्राहीहरुले ३ वोरा चामल, १० किलो आँटा, मुसुरोको दाल ५ किलो, ५ किला चिउरा, ३ लिटर सुर्यमुखी तेल, २ लिटर तोरीको तेल, ५ किलो चिनी, आयोडिन नुन ५ किलो, चना र केराउ गरि ५ किलो, जिरा र धनिया गरि १ किलो, सुहाउने सावुन १२ वटा, ४ किलो सरफ, व्रस र मन्जन ५ सेट, काइयो २ पिस, नङ काट्ने मेसिन २ वटा र १०० वटा मास्कको सेट वनाई छनौट भएको लाभग्राहीलाई वितरण गरिएको उनले वताए ।

प्रति परिवार १३५०० लागत लागेको संस्थाले वताएको छ । सवै वडामा औपचारिक कार्यक्रम गरि खाद्यान्न वितरण गरिएको देवकोटाले वताए ।

खाद्यान्न वितरण कार्यक्रममा नगर प्रमुख राजन राज पन्त, उपप्रमुख विना कुमारी श्रेष्ठ, सम्वन्धित वडाको वडा अध्यक्षहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

नगर प्रमुख राजनराज पन्तले कोरोनाको महामारीको वेलामा धेरै जनाले काम गरेर खाने अवसर समेत गुमाएको परिप्रेक्षमा काम गर्न नसक्नेहरुको अवस्था अझ दयनिय भएकोमा खाद्यान्न वितरणले टेवा पुगेको वताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार