गोरखा । जिल्लाका ६७ जना स्वास्थ्यकर्मी व्यक्तिगत सुरक्षा तथा सरसफाईका सामाग्री वितरण गरिएको छ । आरुघाट गाउँपालिका, गोरखा नगरपालिका ४ को फिनाम स्वास्थ्यचौकी, आरुस्वाराँ स्वास्थ्य केन्द्र र धार्चे गाँउपालीका वडां नं ७ को लापु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सामाग्री वितरण गरिएको पद्धती बिकास सेवा केन्द्र गोरखाले जनाएको छ ।
गुडनेर्वस नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा पद्धती बिकास सेवा केन्द्रद्धारा सञ्चालित समुदाय बिकास परियोजना अन्र्तगत ३८ प्याकेट सर्जिकल माक्स, ९० लिटर सेनिटाइजर, ८ वटा बि.पी सेट, ३५ वटा फेस सिल्ड, ४० प्याकेट सर्जिकल ग्लोब्स (पञ्जा) र १८ वटा थर्मोमिटर वितरण गरिएको उक्त कार्यक्रमकी जनस्वास्थ्य सहायक गरिमा न्यौपानेले बताइन् ।
यसैगरी १० सेट पिपिइ, ९९ सय पिस ट्वाइलेट क्लिनर र ८० वटा ट्वाइलेट सफा गर्ने ब्रस, ८० वटा कुचो, ६५ लिटर फिनाइल, ६२ वटा २० लिटरको बाल्टिन, ७८ वटा मग र १७१ वटा साबुन समेत बितरण गरिएको उनले जानकारी दिइन । उक्त सामाग्री वितरण गर्दा कुल १ लाख ९० हजार १६१ रुपैयाँ खर्च भएको छ । स्थानीय तहको समन्वयमा र जनप्रतिनिधिको रोहवरमा सहयोग सामाग्री हस्तान्तरण गरिएको पद्धती बिकास सेवा केन्द्रले जनाएको छ ।