• बुधबार, असोज १४ २०८३

बैंकिङ कसूरमा एक करोड ८५ लाख जरिवाना भएका फरार प्रतिवादी पक्राउ


बुधबार, चैत्र ४ २०७७
565
Shares

काठमाडौं । बैंकिङ कसूर मुद्दामा एक करोड ८५ लाख जरिवाना भएका फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापा जिल्लाको गौरादह नगरपालिका–१ घर भइ हाल काठमाडौंको धुम्बाराही बस्ने वर्ष ५१ को उपेन्द्र प्रसाद ढुंगाना रहेका छन्।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

ढुंगानाले २०७५ असार २ गते पैसा नभएको खाताबाट चेक काटेर उर्मिला कँडेललाई दिएका थिए। त्यसपछि कँडेलले ढुंगानाविरूद्ध प्रहरीमा बैंकिङ कसूरको मुद्दामा जाहेरी दिएकी हुन्।

सो मुद्दामा उच्च अदालत पाटनले २०७७ माघ ५ गते ढुंगानालाई एक महिना कैद र एक करोड ८५ लाख जरिवाना हुने ठहर भएको थियो।

सो सजाय बेरुजु भई फरार रहेका ढुंगानालाई पक्राउ गरी बुधबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार