• बुधबार, असोज १४ २०८३

भारतमा एक नेपाली महिलाको गोली हानी हत्या


बुधबार, चैत्र ४ २०७७
665
Shares

काठमाडौं । भारतमा एक नेपाली महिलाको गोली हानी हत्या गरिएको छ ।

भारतको राजधानी नयाँदिल्लीको मजनुका टिलामा व्यापार गर्दै आएकी मिना तामाङको गोली हानी हत्या गरिएको हो । उनलाई लुटेराहरूले गोली हानी हत्या गरेका हुन् ।

नुवाकोट घर भएकी ४५ वर्षीय तामाङ नयाँदिल्लीको मजनुका टिलामा करिब पाँच वर्ष देखि किराना पसल चलाउँदै आएकी थिइन।

बुधबार बिहान करिब सात बजे मोटरसाइकलमा आएका दुई जना लुटेराले पसल लुट्न खोज्दा तामाङले प्रतिकार गर्दा उनीमाथि गोली हानेको दिल्ली प्रहरीले बताएको छ ।

घाइते तामाङको उपचारका क्रममा मृत्यु भएको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरीले लुटेराहरुको खोजी भइरहेको बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार