• आइतबार, साउन २४ २०८३

एकै व्यक्तिले ३ वटा नागरिकता लिएर दुरुपयोग गरेको आरोपमा पक्राउ


बुधबार, चैत्र ४ २०७७
750
Shares

काठमाडौं । तीन वटा नागरिकता लिएर दुरुपयोग गरेका आरोपमा प्रहरीले एकजना व्यक्तिलाई पक्राउ गरेको छन् ।

काठमाडौं महानगरपालिका—४ सुकेधारा जाल्पादेवी मार्ग बस्ने बागलुङ गलकोट नगरपालिका—२ का ३७ वर्षीय कमल सुनारलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो ।

सुनारले बागलुङबाट एउट मितिमा दुई फरक—फरक नामबाट दुईवटा नागरिकता लिएको र काठमाडौंबाट समेत अर्को नागरिकता लिई दुरुपयोग गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुनारले बागलुङबाट कमल सुनार र कमल थापा, काठमाडौंबाट कमल सुनुवार नामबाट नागरिकता लिएको पाइएको छ ।

प्रहरीले उनको साथबाट नागरिकता कमल सुनार र कमल सुनुवार नामका दुईवटा नागरिकताको सक्कल प्रति र एउटा राहदानी पनि बरामद गरेको छ ।

सुनारले यी नागरिकता पेस गरेर विभिन्न सरकारी कार्यालयबाट सेवासमेत लिइसकेको पाइएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सीआईबीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार