• आइतबार, साउन २४ २०८३

सय करोडको ‘बाहुबलीः विफोर दि विगिनिङ’को छायांकन रद्द


बुधबार, चैत्र ४ २०७७
460
Shares

नेटफ्लिक्सले ‘बाहुबलीः विफोर दि विगिनिङको छायांकन रद्द गरेको छ । नेटफ्लिक्सले यो कदम उठाउनुको कारण, यसको गुणस्तरमा कुनै पनि संझौता नगर्नका लागि हो ।

अब, नेटफ्लिक्सले यो शोको बजेट बढाएको छ । यसअघि एक सय करोडमा बन्न लागेको यो शोको बजेट अब २ सय करोड पुर्याइएको छ ।

नेटफ्लिक्सले यो शोलाई ९ भागमा बनाउने बताएको थियो। यसलाई एसएस राजमौलीले नै निर्माण गरेका हुन् । यो शोमा शिवगामीको भोगाइलाई देखाउने बताइएको छ । मृणाल ठाकुरले यसको लागि छायांकन पनि गरिसकेकी थिइन् ।

तर, नेटफ्लिक्सले हालसम्म भएका छायांकनलाई रद्द गरेको छ । अब, फेरि बजेट बढाएर छायांकन सुरु हुने बताइएको छ ।

पहिले जती पनि छायांकन भएका थिए, यसलाई लिएर नेटफ्लिक्स सन्तुष्ट थिएन । अब, शोका लागि स्क्रिप्ट, स्टारकास्ट र प्राविधिक टिममा फेरि काम हुनेछ ।

नेटफ्लिक्सले भारतमा ‘बाहुबलीः विफोर दि विगिनिङले भारतमा ‘गेम्स अफ थ्रोस’ जस्तै लोकप्रियता हासिल गर्ने विश्वास लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार