काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
आज बुधबार छापावाल सुन प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यस्तै तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।