Modern metal handcuffs. Vector illustration in flat style
काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–१० खमौरास्थित जंगलमा जुवातास खेलिरहेका प्रहरी सहायक निरिक्षक (असई) सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत असई पुस्कर भट्टसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टले बताए । भट्ट कैलालीको धनगढी उपमहानगरपालिका–७ का स्थानीय हुन् ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ बस्ने ४५ वर्षीय डबल चन्द, ३० वर्षीय बालकृष्ण पनेरु, गोदावरी–५ बस्ने ४० वर्षीय टेक बहादुर विष्ट र कञ्चनपुर भिमदत्त नगरपालिका ४ का ३७ वर्षीय सन्तोष चन्द छन् ।
जुवाखालबाट प्रहरीले ३ लाख ३४ हजार नगद बरामद गरेको छ ।