• आइतबार, साउन २४ २०८३

पहाडी भू—भागका केही स्थानमा चट्याङसहित वर्षा


बुधबार, चैत्र ४ २०७७
550
Shares

A pedestrian walks with an umbrella as lightning strikes during an evening thunderstorm in Jammu on May 14, 2015. AFP PHOTO / RAKESH BAKSHI (Photo credit should read rakesh bakshi/AFP/Getty Images)

काठमाडौं । आगामी दिन दिनसम्म देशका केही ठाउँमा हावा हुरी, मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ।

अहिले देशमा स्थानीयसँगै पश्चिमी वायुको पनि प्रभाव परेको र त्यसले गर्दा मौसममा बदली आएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बुधबार दिउँसो र राति कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू—भागका केही ठाउँमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मेघगर्जन, चट्याङ र हावा हुरीसहित सामान्य वर्षाको सम्भावना शुक्रबारसम्मै कायम रहने भएकोले सतर्क रहन महाशाखाले सचेतसमेत गराएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार