काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका—६ मुलपानीमा मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौं महानगरपालिका—६ घर भई चाँगुनारायण बस्ने २७ वर्षीय सुरज कुईंकेल रहेका छन्।
मिनी ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएका कुईंकेलको नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा उपचारको क्रममा मंगलबार साँझ नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मुलपानि भक्तपुर सडकखण्डमा बा५ख १८२ नम्बरको मिनी ट्रकले प्रदेश ३—०२—०१२ प ५८४२ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिएको थियो ।
ठक्कर दिने ट्रकसहित चालकलाई महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।