• आइतबार, साउन २४ २०८३

शहीद लखनका किसानलाई बोयर जातको ब्याड बोका वितरण


मंगलबार, चैत्र ३ २०७७
885
Shares

गोरखा । जिल्लाको शहीद लखन गाँउपालिकाले किसानलाई बोयर जातको ब्याड बोका वितरण गरेको छ ।

पालिका भित्रका विभिन्न वडाका किसानहरुलाई अनुदानमा ब्याड बोका वितरण गरिएको हो ।

यसमा पालिकाको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत लागत सहभागीता रहेको गाँउपालिकाको पशु सेवा शाखाले जनाएको छ ।

शाखाका अनुसार पालिकाले प्रतिबोका ४८ हजार रुपैयाँ अनुदान दिएको हो भने बाँकी किसानले हालेका हुन् । १४ जना किसानलाई ब्याड बोका खरिदका लागी पालिकाले ६ लाख ७२ हजार अनुदान दिएको हो ।

किसानको ३ लाख ८३ हजार रुपैयाँ लागत सहभागीतासहित १० लाख ५४ हजारको ब्याड बोका खरिद गरी वितरण गरिएको शाखाले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार