नेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २ हजार ७ सय ९० मा पिसिआर गर्दा ११४ जनामा कोरोना पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ४ सय २४ पुगेको छ।
पछिल्लो २४ घन्टामा ९४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ४ सय ९५ पुगेको छ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ । कोरोनाबाट निको हुनेको दर ९८.६ प्रतिशत छ।