• बुधबार, असोज १४ २०८३

कर्तव्‍य ज्‍यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ


मंगलबार, चैत्र ३ २०७७
975
Shares

काठमाडौ‌ं । कर्तव्‍य ज्‍यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको विशेष टोलीले ७६ वर्षीय मलाङ तामाङलाई पक्राउ गरेको हो।

लामा आफ्‍नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी कैद गरिसकेको प्रहरीले जनाएको छ।

उनीमाथि वारदाताका समयमा उधारोमा १५ सयको भैँसी किनेर उक्त पैसा नतिरेको विषयमा झैझगडा हुँदा कुटपिटबाट स्थानीय नाम्जा तामाङको मृत्यु भएको आरोप छ। उनी २०३६ साल फागुन ८ गतेदेखि फरार थिए।

अदालतले उनलाई १० वर्ष कैदको सजाय तोकिको थियो। पक्राउ गरेका उनलाई पुनः अदालतले कारागार चलान गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार