• मंगलबार, साउन १२ २०८३

बारपाक सुलिकोटका बराम समुदायको २ हजार बढीको निःशुल्क स्वास्थ्य बीमा


मंगलबार, चैत्र ३ २०७७
1.2K
Shares

गोरखा । गोरखाको बारपाक सुलिकोट गाँउपालिकाका बराम समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ ।

पालिका भित्रका बराम समुदायका दुई हजार भन्दा बढीको निः शुल्क स्वास्थय बीमा गराएको हो । पेन्सन बुझ्दै आएका र जाँगिर खाइरहेका बाहेक सो समुदायको सबैको बीमा गराउन थालिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।

अहिलेसम्म पालिका भित्रका ५ सय १३ घरधुरीका गरी दुई हजार २३ जनाको निः शुल्क बीमा गराएको प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए ।

बीमा गराउनेमा वडा नं. ३ का १ सय १२ घरधुरीका ३ सय ६ जना, वडा नं. ४ का ६२ घरधुरीका २ सय ६६ जना, वडा नं. ६ का १ सय ६० घरधुरीका ५ सय ८३ जना, वडा नं. ७ का ८४ घरधुरीका ३ सय ९७ जना र वडा नं. ८ का ९५ घरधुरीका ४ सय ७१ गरी जम्मा दुई हजार २३ जना रहेका छन् ।

पालिका भित्र बराम समुदाय रहेको वडाहरु मध्ये वडा नं. ५ मा भने दर्ता सहयोगीको अभावले बीमा हुन नसकेको बीमा बोर्ड जिल्ला कार्यलय गोरखाका प्रमुख विशाल लौडारीले बताएका छन् ।कार्यलय प्रमुख लौडारीका अनुसार दर्ता सहयोगी नियुक्त्त भए पछि सो वडामा पनि निः शुल्क बिमा गराईने छ ।

उनीहरुले बीमा बापत स्वास्थ्य बीमा वोर्डलाई तिर्नुपर्ने १९ लाख २३ हजार ५ सय ५० रुपौँय पालिकाले ब्यहोरेको हो । बोर्डले खटाएका गणकहरुले बीमा दर्ता गराएका हुन् भने पालिकाले त्यो वापतको रकम ब्यहोरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार