कौडा खेल्दै गरेको अवस्थामा गोरखाका एकसहित ७ जना पक्राउ परेको छ ।

धादिङको ज्वालामुखी गाउँपालिका—२ गैरिगाँउबाट कौडा खेलिरहेको अवस्थामा गोरखाको गण्डकी गाउँपालिका—४ बस्ने ४७ वर्षीय लोक बहादुर भट्टसहित ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।


सो टोलीले स्थानीय हिरा श्रेष्ठको कुखुरा फार्ममा कौडा खेलिरहेको थियो ।
कौडा खेलिरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी मैदीबाट खटिएको प्रहरीले उनीहरुलाई नगदसहित पक्राउ गरिएको हो ।

उनीहरुबाट नगत ३ लाख १३ हजार ६५ रुपैयाँ र ३२ थान कौडा समेत बरामद गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।