गोरखा। गोरखा जिल्लामा गएको एक महिनामा सवारी नियम उल्लंघन गर्ने ८ सय ५० वटा सवारी साधन कारवाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जिल्लाको विभिन्न स्थानमा सवारी नियम उल्घंनगर्ने ठुला तथा साना गरी ८ सय ५० वटा सवारी साधनमाथी कारवाही गरेको हो।
कारवाहीमा पर्ने मध्ये सबै भन्दा बढी दुई पाग्रें साधन बढी रहेको छ । जस अन्र्तगत मोटरसाईकल र स्कुटर गरि एक महिनाको अबधीमा २ सय २४ वटा कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।
कार्यालयका अनुसार फागुन महिनामा जिल्ला भित्र १ सय ४८ वटा ट्रक, १ सय ५५ वटा ट्रयाक्टर कारवाहीमा परेको छ । त्यसै गरी पछिल्लो एक महिनामा कार, जिप र भ्यान गरी १ सय ५७ वटा कारवाहीमा परेको छ ।
पछिल्लो एक महिनाको अबधीमा नियम उल्लंघन गर्ने सवारी साधानलाई कारवाही गर्दा ५ लाख ९६ हजार राजश्व समेत संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।