• आइतबार, साउन २४ २०८३

गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्यसचिवमा गुरुङ


सोमबार, चैत्र २ २०७७
805
Shares

पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्यसचिवमा तेज बहादुर गुरुङ नियुक्त भएका छन्।

प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले गुरुङलाई सदस्यसचिवमा नियुक्त गरेको हो। सदस्यसचिवका लागि गुरुङसहित नवराज अधिकारीले आवेदन दिएका थिए।

नेपाल ह्याण्डबल संघको अध्यक्ष समेत रहेका गुरुङ नेपाल ओलम्पिक कमिटीको उपाध्यक्ष समेत हुन्। यस्तै भूतपूर्व खेलाडी मञ्च नेपालको अध्यक्ष पनि हुन्।

बास्केटबल खेलाडीसमेत रहेका उनले २०४० सालको दोस्रो बृहत् राष्ट्रिय खेलकुदमा गण्डकीलाई ह्याण्डबल खेलबाट स्वर्णपदक दिलाउन भूमिका खेलेका थिए।

भारतको पटियालामा एनआइएस प्रशिक्षणमा गोल्ड मेडलिष्ट हुने पहिलो नेपाली हुन् भने सन ११९५ देखि ११९८ सम्म नेपाल ह्याण्डबल टिमको कप्तानी समेत गरेका थिए।

उनले सन् १९८५ मा जोर्डनको अम्मानमा सम्पन्न एसियन च्याम्पियनसिपमा नेपालको टिमको कप्तानी सम्हालेका थिए।

सदस्यसचिव छनोटका लागि गण्डकी प्रदेश सरकारले सामाजिक विकास मन्त्री नर देवी पुनको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।

समितिको सदस्यमा सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुँवर र खेल विज्ञ दिल बहादुर गुरुङ थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार