गोरखा । शहिद लखन गाँउपालिकाले अपाङगता भएका व्यक्तिहरुलाई साहायक सामग्री वितरण गरेको छ ।


पालिका भित्र रहेका अपाङगता भएका व्यक्तिहरुको पहिचान गरी जम्मा १०९ जनालाई उनीहरुको आवश्यकता अनुसारको साहायक सामग्री वितरण गरिएको गाँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिइन् ।

अपाङगता भएका व्यक्तिहरुलाई ह्रवीलचियर, करचेश, बैशाखी, सेतो छडी, श्रावण यन्त्र र ट्वाइलेट चियरलगायतका उनीहरुको आवश्यकता अनुसारको साहायक सामग्री वितरण गरिएको उपाध्यक्ष तिवारीले बताइन् ।

गाँउपालिकाको सहयोग तथा श्री प्रगतिशिल अपाङग संघ गोरखाको साझेदारीमा उक्त सामग्री वितरण गरिएको हो । वडा नं. १,२,३,४,५,६ र ९ का ७९ जनालाई हिजै उक्त सामग्री वितरण गरिएको हो ।


बाँकी रहेका वडा नं.७ र ८ का ३० जनालाई आज (आइतबार) गाँउपालिकाको वडा नं. ७ को कार्यलयमा एक कार्यक्रम गरी उपाध्यक्ष तिवारीको प्रमुख आतिथ्यमा उक्त सामग्री वितरण गरिएको वडाध्यक्ष शरण श्रेष्ठले बताए ।

वडाध्यक्ष श्रेष्ठका अनुसार अपाङगता भएका व्यक्तिहरुलाई हिड्डुल गर्न केही मात्रामा भए पनि सहजता मिलोस् भन्ने उदेश्यले उक्त सामग्री वितरण गरिएको हो । पालिका भित्रका अपाङगता व्यक्तिहरुले आफुले चाहेको काम गर्न तथा समाजमा रहेर हेल्लीत/तिरस्कार हुन नदिनँ पनि सामग्री वितरण गरिएको वडाध्यक्ष श्रेष्ठको भनाई छ ।

वडाध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तिवारी, वडासचिव अमृता सिग्देल, अपांगसंघ गोरखाका अध्यक्ष अमर गुरुङ लगायतको उपस्थिती रहेको थियो ।
