• आइतबार, साउन २४ २०८३

ट्रक र जीप ठोक्किँदा एकजनाको मृत्यु


सोमबार, चैत्र २ २०७७
505
Shares

काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ मार्तलपुलमा ट्रक र बोलेरो जीप ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।

ना ८ ख १४२० नम्बरको ट्रक र बा १८ च १३७१ नम्बरको बोलेरो जीप सोमबार बिहान एकापसमा ठक्कर खाँदा ट्रक सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्रक चालक धादिङ धुसा गाउँपालिका–१ का २६ वर्षीय महेश फुँयालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ट्रकका सहचालक तनहुँ बन्दिपुर गाउँपालिका–५ का २७ वर्षीय विवेक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार