• आइतबार, साउन २४ २०८३

भरूवा बन्दुकसहित दुई जना पक्राउ


सोमबार, चैत्र २ २०७७
615
Shares

काठमाडौं । भरुवा बन्दुकसहित स्याङ्जामा दुईजना पक्राउ परेका छन् ।

हरिनास गाउँपालिका—४ कुलुङखोला सानिस्वाराबाट सोही ठाउँका ३६ वर्षीय हेमबहादुर भुजेल र २२ वर्षीय प्रेम भुजेल पक्राउ परेका हन् ।

जङ्गलमा सिकार खेल्न हिँडेका उनीहरुलाई इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख, एपी होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट एउटा भरुवा बन्दुक, त्यसमा प्रयोग हुने १७ थान छर्रा र ५ ग्राम बारुदसमेत बरामद गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार