• आइतबार, साउन २४ २०८३

तीन दिनसम्म मेघगर्जनसहित पानी पर्ने सम्भावना


सोमबार, चैत्र २ २०७७
625
Shares

काठमाडौं ।आगामी तीन दिनसम्म मौसम बदली हुने भएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण देशका केही भू—भागको मौसममा बदली आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज सोमबार दिउँसो र राति कर्णाली, गण्डकी र प्रदेश १ सहित देशका पहाडी भूभाका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।

३ गते मंगलबार पनि देशका पहाडी भूभागमा आंशिकरुपमा बदली हुने र चट्याङसहित सामान्य वर्षा हुने महाशाखाको पूर्वानुमान छ । ३ गते कर्णाली, गण्डकी र प्रदेश १ सँगै बागमतीमा पनि पानी पर्नेछ ।

४ गते बुधबार पनि पहाडी भू—भागहरुमा आंशिक बदली भई मेघगर्जन/चट्टयाङ्गसहित हल्का पानी पर्ने अनुमान गरिएको छ।

कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू—भागका मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत पनि गराएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार