• आइतबार, साउन २४ २०८३

जबरजस्ती करणी गरी गर्भ बोकाएको आरोपमा एक पक्राउ


सोमबार, चैत्र २ २०७७
1.1K
Shares

काठमाडौं । किशोरीलाई जबरजस्ती करणी गरी गर्भ बोकाएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका—१० का ३० वर्षीय रमेश हजरा पासवानलाई जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पासवानले १७ वर्षीय किशोरीलाई विवाह गर्छु भनी होटेलमा लगेर पटक—पटक करणी गरी गर्भ बोकाएको आरोप छ ।

घटनाको बारेमा किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि पासवानलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

२८ गते पक्राउ परेका पासवानलाई प्रहरीले आइतबार जिल्ला अदालत पर्साबाट म्याद थप गराई अनुसन्धान अघि बढाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार