• आइतबार, साउन २४ २०८३

सुर्य ज्योती मा.विमा एक लाखको अक्षयकोष स्थापना


सोमबार, चैत्र २ २०७७
745
Shares

गोरखा । गोरखा क्याम्पसका सहायक क्याम्पस प्रमुख बालक देवकोटाले बारपाक सुलिकोट ८ ताकु पाल्खुको सुर्य ज्योती माध्यमिक विद्यालयमा एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

देवकोटाले स्वर्गिय वुवा ढक प्रसाद वस्ताकोटीको सम्झनामा स्मृति कोष स्थापना गर्नुभएको हो ।

आइतबार एक कार्यक्रमका विच देवकोटा दम्पतिले विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुलाल गुरुङ्गलाई चेक हस्तान्तरण गर्नुभएको हो ।

कोषबाट आएको व्याजको रकमले एसईईमा विज्ञान विषयमा उत्कृष्ट अंक ल्याउने एक छात्रा र एक छात्रलाई पुरस्कार वितरण गरिने विद्यालयका सहायक प्रद्यानाध्यापक बाबुराम नेपालीले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार