• आइतबार, साउन २४ २०८३

गोरखामा दिउँसै ढोका फुटाएर नगद र सुन चोरी


सोमबार, चैत्र २ २०७७
1.3K
Shares

गोरखा । गोरखा सदरमुकामको हरमटारी क्षेत्रमा आईतवार दिउँसै चोरी भएको छ ।

गोरखा नगरपालिका वडा नं. ६ का सुस्मा श्रेष्ठको घरबाट तीन तोला सुन र नगद २२ हजार चोरी भएको हो ।

छिमेकी बताए अनुसार दिउँसो कोठामा कोहीपनि नभएको बेला मौका छोपेर ढोका फोडेर चोरी भएको हो।

दराजमा राखिएको सुन र नगद चोरी भएको पिडित श्रेष्ठले बताईन् ।

प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको र चोरी गर्नेको खोजी गरिएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार