

गोरखा । १२ औं राष्ट्रिय जनगणना अभियान सञ्चालनका लागि गोरखामा कार्यालय स्थापना गरिएको छ । गोरखा नगरपालिका ८ स्थित तथ्यांक कार्यालयमा जनगणनाको कार्यालय स्थापना गरिएको हो ।
प्रत्येक १० बर्षमा गरिने जनगणना आगामी बर्ष २०७८ को असार मसान्त भित्र सम्पन्न गर्ने गरी अभियान अघि बढाइएको जिल्ला तथ्यांक अधिकृत महेश प्रसाद ढुंगानाले बताए ।

जसका लागि गोरखाका लागि मात्रै ५ सय २८ जना कर्मचारी करारमा भर्ना गरिदैछ । ४ महिनाका लागि स्थापना गरिएको कार्यालयले जनगणना अभियानको बिभिन्न चरणको काम भने अघि बढाएको जनाएको छ ।

जसअन्तरगत प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलको संयोजकत्वमा ७ सदस्यिय जिल्ला जनगणना समन्वय समिति निर्माण गरिएको र सो समितिले बैठक, छलफल, गोष्ठि, तालिम लगायतका प्रकृया अघि बढाउने तयारीमा रहेको तथ्यांक अधिकृत ढुंगानाले सिभिलखबरलाई जानकारी दिए ।

पहिलो कार्यालय सदरमुकाममा खुलेपनि जिल्लाको अन्य ४ स्थानमा भने स्थानीइ जनगणना कार्यालय स्थापना हुन बाँकी नै रहेको सुचना अधिकारी अनिल अम्गाईले बताए । सदरमुकामको कार्यालयले गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिका हेर्ने उनको भनाई छ । जसमा १ सय १२ गणक र २८ जना सुपरिवेक्षक खटिनेछन् ।
त्यस्तै पालुंटारमा खुल्ने कार्यालयले पालुंटारसहित सिरानचोक गाउँपालिका हेर्नेछ । त्याहा ९६ जना गणक र २४ जना सुपरिवेक्षक अभियानमा परिचालन हुनेछन भने बालुवामा स्थापना हुने स्थानीय जनगणना कार्यालयले अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका हेर्ने र त्याहा ५७ गणक र १४ सुपरिवेक्षक खटिनेछन् ।


आरुघाटमा स्थानपना हुने कार्यालयले आरुघाटसहित धार्चे र चुमनुब्री गाउँपालिकालाई कार्यक्षशेत्र बनाउने सुचना अधिकारी अम्गाईले बताए । जहाँ ८९ जना गणक र १९ जना सुपरिवेक्षक परिचालन हुनेछन् ।
यसैगरी घैरुङको कार्यालयले शहिद लखन र गण्डकी गाउँपालिकामा अभियान सञ्चालन गर्नेछ । त्याहा ७१ ज्ना गणक र १८ जना सुपरिवेक्षक खटाइने कार्यालयको तयारी छ । अभियानमा खटाउन केन्द्रिय तथ्यांक विभागले यसअघि नै करारमा कर्मचारी माग गरी भर्नाको प्रकृयामा रहेको बताइएको छ । अभियान अन्त्रगत जेठ २५ देखि असार ८ गतेसम्म घरधुरी सर्वेक्षण गरिनेछ ।
जसका लागि गणक र सुपरिवेक्षकहरुले हरेक घर, परिवार र सामुदायमा पुगेर मुख्यत तिन प्रकारका प्र्रश्नावलीसहितको फारम भर्नेछन् । यसरी संकलन गरिएका तथ्यांकलाई कार्यालयले असारभित्रै केन्द्रिय तथ्यांक विभागमा पठाउनेछ ।
जिल्लामा गएको जनगणना २०६८ मा पुरुषको संख्या १ लाख २१ हजार ४१ र महिलाको संख्या १ लाख ५० हजार २० गरी २ लाख ७१ हजार ६१ जनसंख्या रहेको थियो ।
