

मेलिना बराम, गोरखा । संघ, प्रदेश र स्थानीय तह गरी तिन वटै तहका सरकारको संयुक्त लागत साझेदारीमा जिल्लाका ४ पालिकासम्म पुग्ने सडक पक्कि बन्ने भएको छ ।
प्रादेशिक तथा स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम अन्तरगत गोरखाको गण्डकी, शहिद लखन, बारपाक सुलिकोट र चुमनुब्री गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक पक्कि हुन लागेको हो ।

सो सम्बन्धि आइतबार पोखरामा त्रिपक्षिय सम्झौता भएको छ । जसमा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको करिब ६५ प्रतिशत, गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको करिब १० प्रतिशत र स्थानीय सरकारको करिब २५ प्रतिशत लागत साझेदारी रहेने बताइएको छ ।

जसमा गण्डकी गाउँपालिकाले फिस्लिङदेखि भुुम्लिचोकसम्मको करिब १२ किलोमिटर सडक छनोट गरेको छ । यसअघि गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण हुने भनिएको सो सडक अब भने तिन वटै सरकारको संयुक्त लगानीमा बन्ने भएको छ ।

त्यस्तै शहिद लखन गाउँपालिकामा रामशाहघाट–ढाँडबारी मनकामना–जुम्लीचौतारा–तिनमाने–घैरुङ्ग हुदै नामजुङ्ग सडक सो कार्यक्रम अन्तरगत पिच हुने भएको छ । यसैगरी बारपाक सुलिकोट गाउँपालिकामा भने नारेश्वर–निवेल–उल्टे–मसार हुदै ताकुकोट सडक निर्माण हुने भएको छ । नारेश्वर–निवेल सडक खण्डमा प्रदेश सरकारको एकल लगानीमा काम भइरहेको र बाँकी सडक निर्माणका लागि सो कार्यक्रम अन्तरगतको बजेट खर्च गर्ने तयारी रहेको प्रमुख प्रशाकीय अधिकृत गौतम भण्डारीले सिभिलखबरलाई बताए ।

यसैगरी चुमनुब्री गाउँपालिकाले भने धार्चेसंगको सिमा जगतदेखि सिर्दिबाससम्मको सडक निर्माण गर्ने सम्झैता गरेको प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले जानकारी दिए । हालसम्म सडक सञ्जालले नजोडिएको चुमनुब्रीमा तत्कालै पिच सम्भव नरहेपनि ट्र¥याक खोल्ने र बिस्तारै सडक स्तरोन्नतीको काम अघि बढाउउने योजना कार्यालयको रहेको छ ।


आइतबार पोखरमा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका तर्फबाट स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखराका कार्यालय प्रमुख कुमार थापा, प्रदेश सरकारका तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्रालयका सिडिइ राम पराजुली र जिल्लाका चार पालिकाका अध्यक्षहरुले सम्झैतामा हस्ताक्षर गरेका छन् ।

जसमा गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगर, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट र चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले हस्ताक्षर गरेका थिए ।
