• आइतबार, साउन २४ २०८३

छात्रालाई कक्षाकोठामै यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ


आइतबार, चैत्र १ २०७७
2.2K
Shares


छात्रालाई कक्षाकोठामै यौन दुर्व्यवहार गरेको आरोपमा दाङमा एक शिक्षक पक्राउ परेका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित अमर मावि उरहरीका ती शिक्षकविरूद्ध बाल यौन दुराचारको उजुरी परेपछि पक्राउ गरिएको हो। तुलसीपुर—११ सुकौराका शिक्षकलाई प्रहरीले फागुन २६ गते पक्राउ गरेको हो।

एक हप्ताअगाडि फागुन २३ गते दिउँसो कक्षाकोठाभित्रै कक्षा ६ मा पढ्ने एक १३ वर्षीया छात्राले आफूलाई ती शिक्षकले संवेदनशील अंगमा हातपात गरेको आरोप लगाएकी थिइन।


पीडित छात्राको तर्फबाट उनका बुवाले फागुन २६ गते बाल यौन दुराचार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेर दिएका थिए। सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरेको इप्रका तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए।

पक्राउ परेका शिक्षकविरूद्ध दाङ देउखुरी जिल्ला अदालतले घटना अनुसन्धान गर्न सोही दिन सात दिनको म्याद थप भएको डिएसपी सिंहले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार