• आइतबार, साउन २४ २०८३

लहान मालपोतमा बम बिस्फोट : घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी, भेटियो गोइत समूहको पर्चा


आइतबार, चैत्र १ २०७७
775
Shares


सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम बिस्फोट हुँदा घाइते हुनेको संख्या ७ जना पुगेको छ।

घाइते हुनेमा २ जना सरकारी कर्मचारी छन् भने बाँकी सेवाग्राही हुन्।

विष्फोट भएको स्थान नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

मालपोत कार्यालयमा दिउँसो १ बजेतिर प्रेसर कुकर बम बिस्फोट भएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए।

उनका अनुसार बिस्फोटमा गम्भीर घाइते भएका सेवाग्राही दिनेशकुमार भण्डारीलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ।

गोइतले लामो समयदेखि मधेसमा हिंसात्मक गतिविधि गर्दै आएका छन्। पछिल्लो समय उनको समूहका गतिविधि शुन्यप्राय भएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार