• आइतबार, साउन २४ २०८३

नेफ्टा अवार्ड : वर्षकै उत्कृष्ट विपीन—मेनुका, अनमोल— साम्राज्ञी वर्षकै लोकप्रिय


आइतबार, चैत्र १ २०७७
505
Shares

काठमाडौं । दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पन्जा ३’ २०७५ सालको लोकप्रिय चलचित्र बनेको छ। दसौं नेफ्टा फिल्म अवार्ड समारोह कार्यक्रममा २०७५ सालमा प्रदर्शनमा आएका फिल्मबाट विभिन्न ३६ विधामा पुस्कार वितरण गरिएको थियो।

अवार्डम ‘प्रसाद’ र ‘छक्का पञ्जा ३’ को वर्चश्व देखिएको छ। दुबै फिल्मले महत्वपूर्ण विधाका ६र६ अवार्डहरु जितेको छ। फिल्म ‘छक्का पन्जा ३’ २०७५ सालको लोकप्रिय चलचित्र अवार्डबाट सम्मानित भएको हो। अवार्ड लिन मञ्चमा फिल्मकी निर्देशक दीपाश्री पुगिन्।

सोही फिल्मबाट दीपकराज गिरिले सर्वोत्कृष्ट पटकथा विधाकालागि अवार्ड हात पारे। कमेडी र सोसल ड्रामाबाट फेरि पनि दीपाश्री निरौलाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाइन्। ‘छक्का पन्जा ३’ बाटै कमेडियन केदार प्रसाद घिमिरेले हास्यकलाकारको अवार्ड जिते।

२०७५ सालमा प्रदर्शनमा आएका फिल्ममध्ये फिल्म ‘प्रसाद’बाट विपीन कार्की सर्वोत्कृष्ट अभिनेता घोषित भएका छन्। सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड भने फिल्म ‘साइँली’बाट मेनुका प्रधानले हात पारिन्।

संगीत विधाका चार, संवाद र अभिनेतामा एक एक मा एक गरी प्रसादले पनि ६ वटा अवार्ड जित्न सफल भयो। यस फिल्मबाट विपीन कार्कीले उत्कृष्ट अभिनेता, सुशील पौडेलले उत्कृष्ट संवादको अवार्ड जिते। प्रसादकै ‘जाउँ माया सरर’बोलका गीतका लागि गायक केतन क्षेत्री, संगीतकार सुभाष भुसाल, एरेन्जर उदयराज पौडेल र रचनाकार गणेशप्रसाद शाह अब्बल ठहरिए।

त्यस्तै अभिनेता अनमोल के.सी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले क्रमशः लोकप्रिय अभिनेता र लोकप्रिय अभिनेत्री अवार्डबाट सम्मानित भए।

अवार्डमा ‘ए मेरो हजुर ३’ पनि‍ प्रतिस्पर्धामा अगाडि रह्यो। यो फिल्मबाट सुहाना थापा डेब्यु अभिनेत्रीको अवार्ड जित्न सफल भइन्। साहिल खानले पनि उत्कृष्ट ट्रेलरको अवार्ड जिते भने कविराज गहतराजले यही फिल्मबाट नृत्य निर्देशक बने। साथै, प्रविशा अधिकारीले ‘ए मेरो हजुर ३’बाटै उत्कृष्ट गायिका बन्न सफल भइन्।

आफ्नो विधामा लामो समय योगदान गरेका आधारमा साउन्ड इन्जिनियर प्रदीप उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तिमल्सिनालाई ५१ हजार नगदसहित दीर्घ साधना सम्मान प्रदान गरियो।

त्यस्तै फिल्म ‘इन्टु मिन्टु लन्डनमा’बाट अभिनेता धीरज मगरलाई सर्वश्रेष्ठ डेब्यू अभिनेताको अवार्डबाट सम्मानित गरियो।

नेफ्टा अवार्ड समारोह ड्रिम हाइ नेपालको व्यावस्थापनमा शनिबार सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार