• बुधबार, असोज १४ २०८३

बाबुले दिए ११ महिने छोरालाई आफ्नो कलेजो


आइतबार, चैत्र १ २०७७
595
Shares

काठमाडौं । नेपालमा पहिलो पटक १ वर्षभन्दा कम उमेरका बच्चामा कलेजो प्रत्यारोपण गरिएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शनिबार राति ११ महिनाका एक जना शिशुमा कलेजो प्रत्यारोपण भएको हो।

काभ्रे घर भएका ३५ वर्षीय बाबुले आफ्ना छोरालाई कलेजो दिएको अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डाक्टर रमेशसिंह भण्डारीले जानकारी दिए।

ती बच्चाको जन्मदेखि नै कलेजोमा समस्या थियो। अहिले बाबु र छोरा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर भण्डारीले बताए।

डाक्टर भण्डारी र उनको टिमले २०७६ जेठमा त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो।

त्यसयता पाँच जना बिरामीको कलेजो प्रत्यारोपण भएको छ। कोरोना भाइरसको संक्रमणको जोखिमका कारण रोकिएको कलेजो प्रत्यारोपण पुनः सुरू भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार