• आइतबार, साउन २४ २०८३

शहिद लखनका २० जना युवालाई ४५ दिने मोबाईल मर्मत तालिम


आइतबार, चैत्र १ २०७७
960
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari.gif

गोरखा । जिल्लाको शहिद लखन गाँउपालिका—७ खाब्दि भन्ज्याङमा ४५ दिने मोबाईल मर्मत तालिम कार्यक्रम सम्पन्न भएको छ ।

घरेलु तथा साना उधोग कार्यलय गोरखाको आयोजनामा सम्पन्न तालिममा गाँउपालिकाका वडा नं. ६, ७, ८, र ९ का गरी २० जना युवाहरुको सहभागी रहेको थियो ।

युवाहरुलाई गाँउमै सिप सिकाएर स्वरोजगार बनाउने उदेश्यले ४५ दिने मोबाईल मर्मत तालिम सिकाएको शहिद लखन गाँउपालिकाका वडा नं.७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

No description available.

स्थानिय स्तरमै सिप सिकाउदाँ युवाहरुको क्षमता वृद्धि हुनुको साथै विदेश जानु पर्ने बाध्यता सिर्जना हुन नदिनका लागी तालिम दिइएको अध्यक्ष श्रेष्ठले बताए ।

गत माघ २ गते देखी सञ्चालन तालिममा कालीका मोबाईल मर्मत तथा बिक्रि केन्द्र गोरखाका प्रोपाईटर दिनेश दानिले सहजीकरण गरेका थिए ।

घरेलु तथा सान उधोग कार्यलय गोरखाका अध्यक्ष दिनेश पौडेलको अध्यक्षतामा आज सम्पन्न कार्यक्रममा शहिदलखन गाँउपालिका वडा नं. ८ का वडाध्यक्ष काशिनाथ अंगाई, वडा नं.७ का वडाध्यक्ष शरण श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार