• बुधबार, असोज १४ २०८३

बढ्यो सुनको मूल्य, तोलामा कति ?


आइतबार, चैत्र १ २०७७
730
Shares

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आइतबार तोलामा रु ४ सयले उकालो लागेको छ। चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा रु ८६ हजार ६ सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २ सय मा कारोवार भएको थियो। यस्तै तेजाबी सुन आज तोलामा रु ८६ हजार १५० मा कारोवार हुनेछ। शुक्रबार तेजाबी सुन तोलामा रु ८५ हजार ७५० मा कारोवार भएको थियो।

चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी तोलामा रु एक हजार २ सय ७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार