• आइतबार, साउन २४ २०८३

मौसम बदली : हुरी र चट्याङसहित पानी पर्ने


आइतबार, चैत्र १ २०७७
600
Shares

काठमाडौं । आज देशका विभिन्न भागमा मौसम बदली भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशका केही भूभागमा पानी पर्ने सम्भावनासमेत रहेको छ । दिउँसो पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू—भागका केही ठाउँमा भने आज दिउँसो र राति मेघ गर्जन, चट्टयाङसहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साँझ पख प्रदेश १, बागमतीका साथै गण्डकी प्रदेशका पहाडी भू—भागका केही स्थानमा मेघ गर्जन÷चट्टयाङ् तथा हुरीको सम्भावना भएकोले सतर्क रहनसमेत महाशाखाले सचेत गराएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार