गोरखा । अंमरसिहं नगर पर्यटन समितिको दोश्रो साधरण सभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ । सिरानचोक ६ गाँखुमा रहेको उक्त सस्थाका सदस्यहरुको भेलाले हरिकुमार थापाको अध्यक्षतामा ११ नयाँ कार्य समिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा खुमबहादुर राना र राजेन्द्र पुलामी, महासचिवमा रबिन अधिकारी, सचिवमा पूर्णबहादुर भट्ट, कोषाध्यक्षमा मेलिना पाण्डे र सह कोषाध्यक्षमा रामबहादुर दानी रहेका छन् ।
सदस्यहरुमा आदिती परियार, हिमकुमारी बोगटी, बिक्रम गुरुङ र राजेन्द्र अर्याल चुनिएका छन् ।

कृष्ण धितालको अध्यक्षता तथा वडा अध्यक्ष नारायणबाबु दानीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल भूपु सैनिक संघका सिरानचोक सभापती कञ्चनकुमार श्रेष्ठ, नवनिर्वाचिन अध्यक्ष थापा लगायतले मन्तव्य राखेका थिए ।


सिरानचोक ६ गाखुँमा राष्ट्रिय विभुती अमरसिहं थापाको स्मृतीमा पार्क निर्माणको तयारी गरिएको छ । सोको लागि नेपाल सरकारले २ करोड १० लाख तथा गाउँपालिकाले ९० लाख गरी ३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

नवनिर्वाचित समितिले केही दिन भित्र उक्त पार्क निर्माणको काम थाल्ने तयारी छ । अमरसिंह थापाको सालिक सहित निर्माण गरिने उक्त पार्कले सो क्षेत्रको पर्यटन बिकासमा ठूलो टेवा पुग्ने विश्वास लिइएको वडा अध्यक्ष दानीले बताए ।

