• बुधबार, असोज १४ २०८३

माछाखोलामा हाटबजार तथा कोशेली घर सञ्चालन


आइतबार, चैत्र १ २०७७
840
Shares

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाले हाट बजार तथा कोशेली घर सञ्चालनमा ल्याएको छ ।

स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउने उदेश्यले शनिवार देखि हाटबजार तथा कोशेली घर सञ्चालनमा ल्याइएको हो । शनिवार एक कार्यक्रमका वीच गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले हाटबजार तथा कोसेली घरको उद्घाटन गरेका छन् ।

सो अबसरमा बोल्दै उनले भने, ‘अब तपाइँले उत्पादन गरेका सामान कहाँ लगेर बेच्ने भन्ने चिन्ता हट्यो । दुईचार पैसा कमाउन अब बाहिर जानु पर्दैन । उत्पादन गर्नुहोस् बेच्न ल्याउनुहोस्, यहाँ बिकेन भने पनि हामी बजार खोजी दिन्छौं ।’

धार्चे हाटबजार तथा कोशेली घर व्यवस्थापन समितिकी संयोजक प्ररेणा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष तुलबहादुर गुरुङ, धार्चे मनासलु पर्यटन बिकास समितिका अध्यक्ष साने गुरुङ, उद्योग वाणिज्य संघ धार्चे इकाईका अध्यक्ष धनकुमार गुरुङ, मिनल कृषि सहकारीका अध्यक्ष सुमन गुरुङ, होटल व्यवसायी बिरबहादुर गुरुङ, जनजागृती माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विश्व गुरुङ, पर्यटन तथा उद्यम विकास शाखाका प्रमुख मदन खड्का, सिभिल बैकका शाखा प्रमुख सन्तोष पनेरु लगायतले मन्तव्य राखेका थिए ।

स्थानीय कोदो, फापर, जौं, गहुँ, आलु, सिलम जस्ता खाद्यन्न, नियालो एवं बासबाट बनेका हस्तकलाका सामाग्रीहरु, भिरमौरीको मह, स्थानीय जडिबुटीहरु बिक्रिका लागि कोशेली घरमा राखिने माछिखोला महिला समूहकी अध्यक्ष निशा गुरुङले बताइन् ।

गाउँपालिकाको समन्वय र स्थानीय मिलन कृषि सहकारी संस्था, माछिखोला महिला समूह, उद्योग वाणिज्य संघ धार्चे इकाइको व्यवस्थापनमा कोशेली घर र हाटबजार सञ्चालनमा ल्याएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार