

गोरखा । गोरखा उद्योग बाणिज्य संघ, महिला उद्यमी विकास समितिको अध्यक्षमा सुशिला श्रेष्ठ सर्वसम्मत चयन भएकी छिन् ।
समितिको शनिबार सदरमुकाममा भएको चौथो अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै अधिवेशनले उपाध्यक्षमा शुस्मा श्रेष्ठ, सचिबमा जुना कुमारी बिश्वकर्मा, कोषाध्यक्षमा रिता श्रेष्ठ, सहसचिवमा शारदा खत्री र सहकोषाध्यक्षमा रुपा गुरुङलाई चयन गरेको समितिकी पूर्वअध्यक्ष विष्णु मास्केले जानकारी दिइन ।

यसैगरी सदस्यहरूमा कल्पना श्रेष्ठ, बिमा गुरुङ, सुकु राना, सरिता मास्के, रन्जु घिमिरे र सृजना पाण्डेलाई सर्वसम्मत चयन गरेको मास्केले सिभिलखबरलाई बताइन ।

समितिकी अध्यक्ष रिता रेग्मीको अध्यक्षतामा भएको अधिवेशनमा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उपमेयर विना कुमारी श्रेष्ठ, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जीवनज्योती श्रेष्ठ, निर्वतमान अध्यक्ष श्रवणकुमार जोशी, महिला उद्यमी विकास समितिका संस्थापक अध्यक्ष देवु मास्के लगायतले मन्तब्य राखेका थिए ।

