
मकवानपुर । शनिबार बिहान मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार शनिबार बिहान हेटौंडाबाट चितवन जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक ठोक्किएका हुन्।

दुर्घटनामा बसका चालक वीरगन्ज वडा नम्बर १५ का ३५ वर्षीय मदनकुमार थापा, यात्रु भारत सिस्वाका करिब ४० वर्षीय अभयलाल कुशवाहा र बिहारका ४० वर्षीय सुनिल कुमारको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा बस र ट्रकका गरी १० यात्रु घाइते भएका छन्।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जयश्वर रिमालका अनुसार घाइते हुनेमा ट्रकका चालक धादिङ गुजरी गाउँपालिका-१ का २५ वर्षीय राम रोका, ट्रकमा सवार झापा बिर्तामोड नगरपालिका–४ का २९ सञ्जीव चौधरी, हेटौंडा उपमहानगरपालिका–३४ की सावित्रा राना मगर रहेका छन ।
त्यस्तै बसमा सवार यात्रुहरु बिहारका २८ वर्षीय अभिननदकुमार सिंह, ४५ वर्षीय यमुनाकुमार चौहान, बिहारकै २५ वर्षीय मेजरकुमार कुशवाहा, बिहार गोपालगन्जका ३५ वर्षीय दिलीपकुमार कुशावाहा, बिहारका ४२ वर्षीय राजनकुमार बर्मा, बिहार सिमनका ४७ वर्षीय दीपककुमार साह, धादिङ आदमघाट गाउँपालिकाका २८ वर्षीय राहुल मिजार घाइते भएकाे उनले बताए ।