
गोरखा । गोरखा बजार जामे मस्जिद तथा मदरसा इक्रामे मुस्लिम ब्यवस्थापन समितीको अध्यक्षमा बाबुदिन मियाँ चयन भएका छन् । गोरखा नगरपालिका वडा नम्बर ६ स्थित पाटेचौरमा रहेको जामे मस्जिद तथा मदरसाको शुक्रबार भएकाे विशेष भेलाले मियाँलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

ब्यवस्थापन समितिका अध्यक्ष हाजी जमिल मियाँले कार्यकाल नसकिदै पदबाट राजिनामा दिएपछि शुक्रबार विशेष भेला बोलाइएको थियो । जसबाट बाबुदिनको नेतृत्वमा ७ सदस्यिय समिति गठन गरिएको बताइएको छ । अध्यक्ष चयन भएका उनि मुस्लिम अगुवाका रुपमा परिचित छन् ।

शुक्रबार गठन भएकाे समितिको उपाध्यक्षमा कम्रुदिन मियाँ, सचिवमा अब्दुल करिम मियाँ र कोषाध्यक्षमा फजिर मियाँ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा हाजी इस्माइल मियाँ, हाजी अहमदिन मियाँ, बसिर मियाँ सर्वसम्मत चयन भएको समितिका पूर्व सचिव कलाम मियाँले जानकारी दिए ।
त्यस्तै हाफिज साहेव मियाँ र हाजी जमिल मियाँलाई सल्लाहकार समिति सदस्यमा चयन गरिएको बताइएको छ । समितिले झण्डै एक दशकदेखि गोरखा बजारमा होस्टेल सहितको मदरसा सञ्चालान गर्दै आइरहेको छ ।

