• बुधबार, असोज १४ २०८३

नेपालले खेल्ने विश्वकप छनोटका बाँकी खेल कुवेतमा हुने


शुक्रबार, फाल्गुन २८ २०७७
620
Shares

काठमाडौं । नेपालले खेल्ने विश्वकप छनोटका बाँकी खेलहरु कुवेतमा हुने भएको छ।

कोरोना भाइरसको महामारीको कारण नेपालका लागि तय खेलहरु स्थगित भएका थिए।

फिफा विश्वकप छनोट २०२२ र चाइनामा हुने एएफसी एसियन कप २०२३ को छनोट खेलहरु केन्द्रीकृत भूमिमा हुने भएको हो।

एसियाली फुटबल महासंघले एसियाली सदस्यका बाँकी खेलका लागि केन्द्रीकृत भूमिको छनोट गरेको हो।

महासंघले नेपाल, अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेई रहेको समूह बीच बाँकी खेलहरु कुवेतमा हुनेछ। खेल ३१ मर्चदेखि जुन १५ सम्म हुनेछ।

नेपालले यसअघि घरेलु मैदानमा प्रतियोगिता गराउनका लागि तयारी तीव्र पारेको थियो।

समूह एका खेलहरु चाइना पीआर, समूह सी का खेल बहराइन, समूह डीका खेलहरु साउदी अरेबिया र विश्वकप आयोजक देश कतारमा समूह ईका खेलहरु हुनेछन्।

समूह एफका खेलहरु जापान, जीका खेलहरु युएई र कोरिया रिपब्लिकमा समूह एचका खेलहरु हुनेछन्।

nepal afc games222

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार