काठमाडौं । नेपालमा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २ हजार ५ सय १२ मा पिसिआर गर्दा ४८ जनामा कोरोना पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार १ सय १८ पुगेको छ।
पछिल्लो २४ घन्टामा ६१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार १ सय ७७ पुगेको छ।
अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ।
कोरोनाबाट निको हुनेको दर ९८.६ प्रतिशत पुगेको छ।