• बुधबार, असोज १४ २०८३

पत्रकार सुशील शर्माको निधन


शुक्रबार, फाल्गुन २८ २०७७
640
Shares

काठमाडौं । वरिष्ठ पत्रकार सुशील शर्माको शुक्रबार निधन भएको छ।

६३ वर्षीय शर्माको काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो निधन भएको हो।

उनले लामो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीमा काम गरेका थिए।

अस्पतालमै रहेका पत्रकार सरोज दाहालका अनुसार हिजो बिहीबारदेखि शर्माको फोक्सोसम्बन्धी समस्याले जटिल रुप लिएको थियो।

दाहालका अनुसार शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार