• आइतबार, साउन २४ २०८३

झुण्डिएको अवस्थामा ११ वर्षीया बालिकाको शव फेला


शुक्रबार, फाल्गुन २८ २०७७
680
Shares

झुण्डिएको अवस्थामा दाङको तुलसीपुरमा ११ वर्षीया एक बालिकाको शव फेला परेको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ गाईखुटी गाउँकी ११ वर्षीया सीता विकको शव गएराति घर नजिकै रूखमा झुण्डिएको अवस्थामा फेला परेको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार राति ९ बजेतिर सीताको शव झुण्डिएको अवस्थामा फेला परेपछि घर परिवारले प्रहरीमा खबर गरेका थिए।

प्रहरीले सीताको शव भएको स्थानको रातभर सुरक्षा गरी बिहान मात्रै मुचुल्का बनाएर शव पोष्टमार्टमका लागि ल्याएको थियो।
शव पोष्टमार्टमका लागि राप्ती प्रादेशकि अस्पताल तुलसीपुरमा राखिएको छ।

बेलुका ८ बजेतिर खाना खाने समय भइसक्दा पनि सीता कतै नदेखिएपछि घर परिवारले उनको खोजी सुरू गरेको थियो।

छिमेकीको घरमा घर सराइ रहेको हुँदा सीता त्यहीँ गएको हुन सक्ने आशंकामा आमा छिमेकीको घरमा समेत खोज्न जाँदा समेत फेला नपरेपछि खोज्ने क्रममा सीता घर पछाडिको रूखमा झुण्डिएको अवस्थामा फेला परेको इप्रका तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक झकलप्रसाद शर्माले जानकारी दिए।

स्रोतका अनुसार सीताले शिवरात्रिका दिन स्थानीय मन्दिरमा लाग्ने मेलामा जान खोजेकी थिइन्। तर, आमाले उनलाई मेलामा जान रोकेकी थिइन्। त्यही कारण सीताले आत्महत्याको गलत बाटो रोजेको हुन सक्ने आशंका भइरहेको स्रोतले बताएको छ।

घटनाबारे थप अनुसन्धान गर्न बाँकी रहेको प्रहरीले बताएको छ।

विक गाउँकै सरकारी विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार