तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा सेती नदीले बगाउँदा एक जनाको मृत्युको छ ।
नुहाउने क्रममा शुक्लागण्डकी–८ ढोरफिर्दीस्थित सेती नदीले बगाउँदा स्थानीय ४६ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार नदीले बगाएर बेपत्ता भएका थापा कपडा राखिएको ठाउँभन्दा एक किलोमिटर पर भेटिएका थिए ।
नदीमा बगेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।