

गोरखा । शहिद लखन गाउँपालिका—७ बुङकोट स्वास्थ्य चौकीमा पोषण मैत्रि स्वास्थ्य संस्था घोषणा सम्बन्धि छलफल कार्यक्रम भएको छ ।

गाउँपालिका स्वाथ्य शाखाको आयोजनामा भएको कार्यक्रममा बुङकोट स्वास्थ्य चौकी ब्यबस्थापन समितीका अध्यक्ष एवम वडा नं. ७ का अध्यक्ष शरण श्रेष्ठको अध्यक्षता रहेको छ ।

श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ चौकीको कर्मचारीहरु तथा महिला स्वास्थ्य स्वयमसेवीकाहरुको उपस्थिती रहेका छन् ।

कार्यक्रमलाई स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठ र स्वास्थ्य चौकी प्रमुख बिमला पुलामीले सहजीकरण गर्नुभएको छ ।
