• आइतबार, साउन २४ २०८३

समयमै उद्धार नहुँदा सुत्केरीको मृत्यु


शुक्रबार, फाल्गुन २८ २०७७
1.5K
Shares


समयमै उद्धार नहुँदा एक सुत्केरीको मृत्यु भएको छ । मुगुको सोरुगाउँपालिका–५, की २३ वर्षीया धनलक्ष्मी शाहीको समयमै उद्धार नहुँदा बिहीबार दिउँसो मृत्यु भएको हो ।

स्थानीय नेर स्वास्थ्य चौकीमा बच्चा जन्मिए पनि साल निस्किन नसक्दा शाही बहोस भएकी थिइन् । उनको उद्धारको लागि जिल्ला प्रशासन कार्यालय मुगुले तत्काल महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई जानकारी गराएको थियो ।

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले भने, ‘जानकारी आउनेवित्तिकै हामीले हवाई उद्धारका लागि शुरुमा मौखिक र पछि लिखित जानकारी गराएका थियौं, तत्काल हेलिकोप्टर नपुग्दा उहाँको मृत्यु भएको बिहीबार दिउँसो जानकारी आयो ।’

सोरुमा फोन नेटवर्कको समस्या रहेकाले पनि छिटो अपडेट हुन सकेन् । सेनाको हेलिकोप्टर पनि सैनिक दिवसका लागि काठमाडौं गएकाले आउन ढिलाइ भएकाले समयमै उद्धार नहुँदा शाहीको मृत्यु भएको प्रजिअ शिवाकोटीको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार