• आइतबार, साउन २४ २०८३

शिबरात्रीका अवसरमा बुङ्कोटमा साँस्कृतिक मेला


शुक्रबार, फाल्गुन २८ २०७७
795
Shares

गोरखा । जिल्लाको शहिदलखन गाउँपालिका वडा नं.८ बुङकोटमा अबस्थित श्री नव ईन्द्रेणी बुङ्कोट युवा क्लबको आयोजनामा बृहत् शिबरात्री मेला तथा साँस्कृतिक कार्यक्रम भएको छ ।

‘नव ईन्द्रेणी बुङ्कोट युवा क्लबको आधार,सन्तानेश्वर महादेव मन्दिरको प्रचार—प्रसार’ भन्ने मुल नाराका साथ मेलाको आयोजना गरिएको क्लबले जनाएको छ ।

बिहीबार भएको कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्री रामशरण बस्नेतले गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले अहिलेको सरकारनै कामय रहने दाबी गरेका छन् ।

उनले राजनीतिक समिकरण फेरबदल भएपनि त्यसको असर गण्डकी प्रदेशमा नपर्ने बताएका हुन् ।

‘हामीले जनमुखी भएर काम गरिरहेका छौं । त्यसैले यो सरकार फेर्नु पर्ने आवश्यकता छैन,’ उनले भने, ‘देशको राजनितिक परिस्थितका कारण गण्डकी प्रदेश सरकार ढल्दैन, सबै राजनिितक दलहरुसँग सहकार्य गरी यही सरकार पुरा कार्यकाल चलाउछौं । यसमा ढुक्क हुन म सबैलाई आग्रह गर्दछु ।’

गण्डकी प्रदेशका सबै घरमा यस बर्ष भित्रै बत्ति पुर्याएर उज्यालो प्रदेश घोषणा गर्ने तयारी गरिएको उनले बताए । दुई बर्ष भित्र सबैको घर घरमा खानेपानी पुर्याउने गरी काम भईरहेको उनको भनाई छ ।

‘सडक नपुगेका ठाउँमा नयाँ ट्रयाक खोलिँदै छ, कच्ची सडक भएका ठाउँमा गुणस्तरीय पिच भईरहेको छ,’ भौतिक पूर्वाधार बिकास मन्त्री समेत रहेका बस्नेतले भने, ‘पुलहरु बनिरहेका छन्, शिक्षा, स्वास्थ्यका भौतिक पुर्वाधार निर्माणमा गुणस्तरीय बनाउने काम भईरहेको छ ।’

गण्डकी प्रदेशलाई देशकै नमूना प्रदेश बनाउने योजनाका साथ काम गरिएको उनको दाबी छ । बिकास र सम्बृद्धीका लागि सम्पूर्ण नागरिकहरु, राजनितीक दलहरु र जनप्रतिनिधीहरु एकजुट भएर काम आग्रह समेत गरेका छन् ।

स्थानीय कला संस्कृतिको प्रचार—प्रसार गर्ने उदेश्यले मेलाको आयोजना गरिएको हो ।

क्लबका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा भएको मेलामा जि.स.स का उप—प्रमुख जानुका अधिकारी, शहिदलखन गाउँपालिकाकी उपाध्यक्ष ईन्दिरा तिवारि, वडा नं. ८ का वडा अध्यक्ष काशिनाथ अम्गाई, वडा नं. ७ का वडा अध्यक्ष शरण श्रेष्ठ, क्लबका पुर्ब अध्यक्ष पुर्ण कुमार श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।

मेलामा रास्ट्रिय लोकदोहोरि गायक कृष्ण रउले र गायिका भुमिका गिरिले लाईभ दोहोरीगीत गाएर मेलाको रौनक बढाएका थिए । सोही अवसरमा बिभिन्न जातीय भेषभुषा झल्कने झाँकी समेत प्रस्तुत गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार